नगराईन नगरपालिकालाई लंैगिक समानता, सामाजिक जवाफदेहिता र पारदर्शितामा नमुना नगर वनाउने नागरिक संजालको घोषणा
नगराईन नगगरपालिका १ हासपटटी, धनुषामा २० सदस्यीय लै ंिगक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन वेमेनको प्राविधिक सहयोग र नेपाल सरकारको समन्वय तथा सहकार्यमा शसक्त महिला समृद्ध नेपाल अभियान अन्र्तगत प्रो पव्लिकको आयोजनामा मिति २०८२ जेठ १८ देखि २० सम्म संचालित ३ दिने वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता तालिम पश्चात सो नागरिक संजाल गठन गरिएको हो ।