दुल्लु ८ मा लैंगिक समानाताका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम…..
दैलेखको दुल्लु नगरपालिका ८ मा “लैंगिक समानताका लागि सामाजिक जवाफदेहिता” सम्बन्धी ३ दिने क्षमता अभिवृद्धी तालिम आजबाट सञ्चालन गरिएको छ । लैगिंक समानताका लागि निर्णय लिने तथा जवाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडी पारिएका समुहहरुको क्षमता सुदृढिकरणका लागि उक्त तालिम प्रदान गर्न लागिएको हो ।