चौकुने गाउँपालिकामा लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता तालिम
सुर्खेत, ६ जेठ । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ८ मा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्वन्धी तालिम ३ दिने तालिम सञ्चालन भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन ओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत “लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना“ अन्तर्गत तालिम सञ्चालन भएको हो । आइतबार वडा अध्यक्ष कमल जिसीको अध्यक्षतामा तालिम उद्घाटन भएको छ ।