कैलालीको चुरे गाउँपालिका ४ मा लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन
जागरण संवाददाता सुर्खेत, १४ जेठ । चुरेगाउँपालिका ४ वालुवागडा, कैलालीमा भावना विकको अध्यक्षतामा २२ सदस्यीय लैंिगक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल गठन गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएन वेमेनको प्राविधिक सहयोग र नेपाल सरकारको समन्वय तथा सहकार्यमा शसक्त महिला समृद्ध नेपाल अभियान अन्र्तगत प्रो पव्लिकको अगुवाई र निर्डस नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको सहकार्यमा मिति २०८२ जेठ १ देखि ३ सम्म संचालित ३ दिने वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता तालिम पश्चात सो नागरिक संजाल गठन गरिएको हो ।