भैरवी–१ मा सार्वजनिक सुनुवाइ : सार्वजनिक सेवा पारदर्शी र जवाफदेही बनाउने प्रतिवद्धता
सुर्खेत। लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ मा आयोजित ‘लैङ्गिक–मैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा, सेवाग्राहीको अनुभव’ विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। युरोपियन युनियन र संयुक्त राष्ट्र संघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा, प्रो पब्लिकको अगुवाइ तथा निर्डस नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको साझेदारीमा कार्यक्रम संचालित गरिएको हो।